समाचार:

पृष्ठभूमि

खानेपानी, सरसफाइ, स्वच्छता तथा पूर्ण सरसफाइ मानव जीवनका आधारभूत आवश्यकता हुन्, जसको अभावमा स्वस्थ, सुरक्षित र मर्यादित जीवन सम्भव हुँदैन। सुरक्षित तथा पर्याप्त खानेपानीको उपलब्धता, उपयुक्त सरसफाइ सुविधा, व्यक्तिगत तथा सामुदायिक स्वच्छ व्यवहार र पूर्ण सरसफाइको अभ्यासले मात्र मानव स्वास्थ्य संरक्षण, रोग नियन्त्रण तथा समग्र जीवनस्तर सुधार सम्भव हुन्छ। त्यसैले खानेपानी, सरसफाइ तथा स्वच्छता केवल दैनिक आवश्यकता मात्र नभई नागरिकका मौलिक हक, अधिकार र सुविधासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयहरू हुन्। नागरिकलाई सुरक्षित, सहज, पर्याप्त तथा गुणस्तरीय खानेपानी सेवा, प्रभावकारी सरसफाइ व्यवस्था, स्वच्छ वातावरण र पूर्ण सरसफाइ सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो ।

खानेपानी, सरसफाइ, स्वच्छता तथा पूर्ण सरसफाइको समन्वित र दिगो व्यवस्थापनबाट मानव जीवनको सर्वाङ्गीण विकास सम्भव हुने भएकाले जीवनस्तर सुधार तथा दिगो विकास लक्ष्य (SDGs) प्राप्तिका लागि स्थानीय तहले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ। शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारजस्ता अन्य विकास निर्माणसँगै खानेपानी, सरसफाइ तथा स्वच्छताको सुनिश्चितता स्थानीय विकासको आधारस्तम्भका रूपमा अघि बढाइएको छ। यसै सन्दर्भमा “एक घर, एक धारा” अवधारणाअन्तर्गत सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै खुला दिसामुक्त अवस्था, फोहोरमैला व्यवस्थापन, व्यक्तिगत स्वच्छता, खाद्य स्वच्छता तथा वातावरणीय स्वच्छता समेटिएको पूर्ण सरसफाइ प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालनमा ल्याइएका छन् ।

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहहरूले खानेपानी, सरसफाइ, स्वच्छता तथा पूर्ण सरसफाइ सेवा सञ्चालन, विस्तार र व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका छन्। खानेपानी मन्त्रालयबाट निर्देशित नीति, मार्गदर्शन तथा ऐन–नियमहरूको प्रभावकारी कार्यान्वयनमार्फत दिगो विकास लक्ष्य हासिल गर्न खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई उच्च प्राथमिकताका साथ अघि बढाउनु अपरिहार्य देखिन्छ। नेपालको संविधानले खानेपानी तथा सरसफाइलाई आधारभूत मौलिक अधिकारका रूपमा प्रत्याभूत गरेको छ भने खानेपानी तथा सरसफाइ ऐन, २०८१ ले सुरक्षित तथा गुणस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छतालाई नागरिकको आधारभूत हकका रूपमा स्थापित गरेको छ। स्वच्छ तथा सुरक्षित खानेपानी, उपयुक्त सरसफाइ सुविधा, स्वच्छ वातावरण र पूर्ण सरसफाइ प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्दै सबैका लागि समान र सहज पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व हो ।

वि.सं. २०८५ सम्म विकासका सबै लक्ष्य प्राप्त गर्ने तथा वि.सं. २१०० सम्म स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तरयुक्त नागरिकसहित विकसित राष्ट्रको स्तरमा पुग्ने दीर्घकालीन राष्ट्रिय लक्ष्य लिइएको छ। तथापि, खानेपानी, सरसफाइ, स्वच्छता तथा पूर्ण सरसफाइको क्षेत्रमा अपेक्षित गतिमा प्रगति हुन नसक्नु, सेवा स्तरमा असमानता रहनु तथा योजना कार्यान्वयनमा संरचनागत, आर्थिक र व्यवस्थापकीय चुनौतीहरू विद्यमान रहनु प्रमुख समस्या रूपमा देखिएका छन्। यसै सन्दर्भमा ज्वालामुखी गाउँपालिकाले खानेपानी, सरसफाइ, स्वच्छता तथा पूर्ण सरसफाइ क्षेत्रको रणनीतिक योजना सहित WASH Plan तयार गरी कार्यान्वयनमा ल्याएको छ। गाउँपालिकाभित्रका विभिन्न वडाहरूमा खानेपानी, सरसफाइ तथा पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रमहरू सञ्चालनमा रहेका छन् र मिशन दुइ हजार वयासी ,सफा तथा स्वच्छ क्षेत्र ज्वालामुखीके नारालाइ लिएर विभिन्न गतिविधिहरू संचालन भैरहेका छन्र । गाउँपालिकालाई दिगो रूपमा पूर्णसरसफाइयुक्त गाउँपालिका स्थापित गर्ने लक्ष्य लिइएको छ। गाउँपालिकाले खानेपानी र सरसफाइ समान रूपले कार्य गर्दै बोर्डमार्फत सबै नागरिकका लागि सुरक्षित, पर्याप्त र गुणस्तरीय खानेपानीसँगै प्रभावकारी सरसफाइ, स्वच्छ वातावरण तथा पूर्ण सरसफाइ सुनिश्चित गर्न “एक घर, एक धारा” कार्यक्रमलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको छ। यस लक्ष्य प्राप्तिका लागि बोर्डके पाँच वर्षे व्यवसायिक योजना तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन हुदै आएको छ ।

ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्ड - परिचय

ज्वालामुखी गाउँपालिकाभित्र सुरक्षित, पर्याप्त र गुणस्तरीय खानेपानी, सरसफाइ र स्वच्छता सेवाको पहुँच सुनिश्चित गर्न ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्ड स्थापना गरिएको हो। यस बोर्डको मुख्य उद्देश्य गाउँपालिकाभित्र रहेका सबै घरधुरीलाई नियमित, दिगो र समावेशी रूपमा खानेपानी सेवा उपलब्ध गराउनु हो ।

बोर्डले खानेपानी आयोजनाहरूको योजना, निर्माण, सञ्चालन तथा मर्मत सम्भारमा निगरानी र व्यवस्थापनको जिम्मेवारी लिएको छ। साथै, सरसफाइ र स्वच्छताको क्षेत्रमा जनचेतना अभिवृद्धि, पूर्णसरसफाइ युक्त गाउँपालिका निर्माण र “एक घर, एक धारा” कार्यक्रममार्फत प्रत्येक घरमा गुणस्तरीय खानेपानी उपलब्ध गराउने रणनीतिक पहलहरू सञ्चालन गर्छ ।

बोर्डको संरचना, नीति र कार्यप्रणाली स्थान राष्ट्रिय तथा प्रदेश सरकारको निर्देश, र स्थानीय सरकारको नियमनसँग समन्वय गरेर सञ्चालन हुन्छ। यसले खानेपानी, सरसफाइ तथा स्वच्छताको दिगो व्यवस्थापनमार्फत गाउँपालिकालाई स्वच्छ, सुरक्षित र स्वस्थ वातावरणयुक्त समुदायमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।

🎯 खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्थाको संक्षिप्त विश्लेषण (Special Policy And Planning Version)

  • ज्वालामुखी गाउँपालिकाको कुल जनसंख्या करिब २१,८०० रहेको छ, जसमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको माग निरन्तर रूपमा बढ्दो अवस्थामा रहेको छ ।
  • गाउँपालिकाको कुल क्षेत्रफल ११४.५४ वर्ग कि.मि. तथा घरधुरी संख्या करिब ६,४७६ रहेको छ (राष्ट्रिय जनगणना २०७८), जसका कारण भौगोलिक विविधता र बसोबासको फैलावटले सेवा प्रवाहमा चुनौती सिर्जना गरेको छ ।
  • करिब ६७ प्रतिशत घरधुरीमा खानेपानी सेवाको पहुँच भए तापनि आपूर्ति, वितरण, गुणस्तर तथा निरन्तरताको दृष्टिले प्रणाली अझै पूर्ण रूपमा व्यवस्थित र दिगो हुन सकेको छैन।
  • गाउँपालिकाभित्र ग्राभिटी, लिफ्ट तथा डिप बोरिङ प्रणालीमार्फत सञ्चालनमा रहेका करिब १४७ वटा खानेपानी आयोजनाहरू छन्, तर ती आयोजनाहरूको प्राविधिक अवस्था, सञ्चालन क्षमता र दीर्घकालीन दिगोपनामा सुधार आवश्यक देखिन्छ ।