समाचार:

हाम्रो उद्देश्य

उद्देश्य (Mission)

“एक घर, एक धारा” अवधारणामा आधारित खानेपानी आयोजनाहरूको दिगो निर्माण, विस्तार तथा प्रभावकारी व्यवस्थापनमार्फत सुरक्षित र पर्याप्त खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा सुनिश्चित गर्नु ।

क) गाउँपालिकाभित्र रहेका सम्पूर्ण खानेपानी स्रोत, संरचना तथा सुविधाहरूको वैज्ञानिक तथ्यांक संकलन, नक्सांकन र दस्तावेजीकरण गरी अद्यावधिक बेसलाइन अध्ययन तयार गर्नु।

ख) सञ्चालनमा रहेका तथा भविष्यमा निर्माण हुने खानेपानी आयोजनाहरूको नियमित मर्मतसम्भार, पुनःसंरचना र दिगो व्यवस्थापन प्रणाली विकास गरी निरन्तर, भरपर्दो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नु।

ग) गाउँपालिकाभित्रका सबै घरधुरीलाई बोर्डको दायराभित्र आवद्ध गर्दै “एक घर, एक धारा” अवधारणाअनुसार सुरक्षित, पर्याप्त र गुणस्तरीय खानेपानी सेवा क्रमशः विस्तार गर्नु।

घ) खानेपानी सेवामा लैङ्गिक समानता, सामाजिक समावेशिता र समता सुनिश्चित गर्दै महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको समान र सुरक्षित पहुँच सुनिश्चित गर्नु।

ङ) स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी व्यवहार परिवर्तन (Behavior Change Communication – BCC) कार्यक्रममार्फत समुदायको स्वास्थ्य, मर्यादा र समग्र जीवनस्तर सुधार गर्नु।

च) सुरक्षित खानेपानी तथा सरसफाइ अभ्यासको प्रवर्द्धनमार्फत पानीजन्य तथा सरसफाइजन्य रोगहरूको जोखिम न्यूनिकरण, स्वास्थ्य खर्चमा कमी र उत्पादक जीवनशैली प्रवर्द्धनमा योगदान गर्नु।


१.💧 खानेपानी व्यवस्थापन


२. 🧼 सरसफाइ र स्वच्छता प्रवर्द्धन


३. 🏠 समुदायको क्षमता निर्माण

(उपभेक्ता तथा टेल विकास संस्थाहरूको क्षमता निर्माण)


४. 📄 अनुगमन, मूल्याङ्कन र रिपोर्टिङ


५. 🕒 सहभागिता र साझेदारी


लक्ष्य (Goal)

हालको ४२–४८% प्रभावकारी कृषि जमिनमा पुगिरहेको सिँचाइ पहुँचलाई विस्तार गर्ने, मनसुनका कारण बिग्रिने सिँचाइ नहरहरूको पुनर्निर्माण गर्ने, र दिगो कृषि अभ्यासका लागि ड्रिप/स्प्रिंकलर प्रणाली प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो। साथै, किसान सहकारी सुदृढ गर्ने, जल शासन सुधार गर्ने, तथा डिजिटल मनिटरिङ प्रणालीमार्फत स्रोत व्यवस्थापनलाई आधुनिक बनाउने उद्देश्य छ।

क) गाउँपालिकाभित्रका सबै नागरिकलाई सुरक्षित, पर्याप्त र गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्नु।

ख) “एक घर, एक धारा” अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी घरधुरीस्तरमै खानेपानी पहुँच विस्तार गर्नु।

ग) खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवामा समान पहुँच, समावेशिता र सामाजिक न्याय सुनिश्चित गर्नु।

घ) खानेपानीका स्रोतहरूको संरक्षण, संवर्द्धन र दिगो उपयोग गर्दै दीर्घकालीन पानी सुरक्षा कायम गर्नु।

ङ) खानेपानीका स्रोतहरूको संरक्षण, संवर्द्धन र दिगो उपयोग गर्दै दीर्घकालीन पानी सुरक्षा कायम गर्नु ।

च) ग्रामीण खानेपानी आयोजनाहरूको दिगो निर्माण, मर्मतसम्भार तथा प्रभावकारी सञ्चालन सुनिश्चित गर्नु ।

छ) खानेपानी सेवाको गुणस्तर मापन, अनुगमन र नियमित परीक्षण प्रणाली सुदृढ गर्नु।

ज) सरसफाइ तथा स्वच्छता सम्बन्धी सकारात्मक व्यवहार परिवर्तन प्रवर्द्धन गर्दै पूर्ण सरसफाइ अवस्था दिगो बनाउनु।

झ) सरसफाइजन्य तथा पानीजन्य रोगहरूको जोखिम न्यूनिकरण गर्दै समुदायको स्वास्थ्यस्तर सुधार गर्नु।

ण) खानेपानी तथा सरसफाइ सेवामा स्थानीय स्रोत, सीप र प्रविधिको अधिकतम उपयोग गर्नु।

ट) खानेपानी तथा सरसफाइसम्बन्धी योजना, कार्यक्रम र बजेटमा बहुक्षेत्रीय समन्वय सुदृढ गर्नु।

ठ) जलवायु परिवर्तन, प्राकृतिक विपद् र आपतकालीन अवस्थाप्रति अनुकूलनशील र लचिलो (climate resilient) WASH सेवा विकास गर्नु।

ड) सेवा व्यवस्थापनमा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नु।

ढ) WASH क्षेत्रमा डाटा व्यवस्थापन, बेसलाइन तथा सूचना प्रणाली सुदृढ गर्नु।