समाचार:

खानेपानीको नियमित सेवा,मर्मत सम्भार तथा व्यवस्थापन

खानेपानीको नियमित सेवा,मर्मत सम्भार तथा व्यवस्थापन - 1खानेपानीको नियमित सेवा,मर्मत सम्भार तथा व्यवस्थापन - 2खानेपानीको नियमित सेवा,मर्मत सम्भार तथा व्यवस्थापन - 3

ज्वालामूखी गाउँपालिकामा खानेपानी सेवा, मर्मत–सम्भार तथा व्यवस्थापन

ज्वालामूखी गाउँपालिका, धादिङ जिल्लाको पहाडी क्षेत्रमा अवस्थित एक महत्वपूर्ण स्थानीय तह हो, जहाँ स्वच्छ र सुरक्षित खानेपानीको पहुँच नागरिकहरूको आधारभूत आवश्यकता रहेको छ। यस आवश्यकतालाई सम्बोधन गर्न ज्वालामूखी ग्रामीण खानेपानी,सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डले ज्वालामूखी गाउँपालिकासँग समन्वय र सहकार्य गर्दै नियमित खानेपानी सेवा, मर्मत–सम्भार तथा दीगो व्यवस्थापनमा क्रियाशील रहेको छ।

गाउँपालिकाका विभिन्न वडाहरूमा खानेपानीका मुहान संरक्षण, वितरण प्रणाली सुदृढीकरण, तथा उपभोक्ता–आधारित र समतामूलक व्यवस्थापन प्रणालीमार्फत स्थानीय बासिन्दालाई नियमित रूपमा स्वच्छ खानेपानी उपलब्ध गराउने प्रयास गरिएको छ।

हाल सञ्चालनमा रहेका प्रमुख गतिविधिहरू

  • खानेपानी मुहानको संरक्षण तथा सुधार
  • पाइपलाइन, ट्यांकी तथा वितरण संरचनाको नियमित मर्मत–सम्भार
  • खानेपानी आयोजनाहरु प्रविधियुक्त सेवा प्रवाह
  • स्वच्छ खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम
  • पानीको गुणस्तर परीक्षण तथा अनुगमन
  • समतामुलक वितरण प्रणाली
  • विस्वाशनिय सेवा प्रवाह

पहाडी भू–बनोट, सुक्खा मौसममा पानीको स्रोत घट्नु, तथा पुराना संरचनाका कारण खानेपानी सेवा व्यवस्थापनमा विभिन्न चुनौतीहरू देखा पर्ने गरेका छन्। यद्यपि स्थानीय तह, खानेपानी संस्था तथा उपभोक्ताहरूको सहकार्यले यी चुनौतीहरूलाई क्रमशः समाधान गर्ने प्रयास भइरहेको छ।

प्रमुख चुनौतीहरू

  • सुक्खा मौसममा पानीको स्रोत घट्नु
  • पुराना तथा क्षतिग्रस्त पाइपलाइन / संरचनाहरू
  • मर्मत–सम्भारका लागि सीमित स्रोत साधन
  • विपतका कारण संरचनामा पटक पटक क्षति
  • छरिएका भुगेल,लिफ्ट योजना भएका कारण अधिक खर्च र रिक्स

सुधारका अवसर र भावी योजना

ज्वालामूखी गाउँपालिकामा उपलब्ध प्राकृतिक जलस्रोतहरूको दीगो उपयोग, आधुनिक प्रविधिको प्रयोग, तथा संस्थागत सुदृढीकरणमार्फत खानेपानी सेवामा थप सुधार गर्ने ठूलो सम्भावना रहेको छ।

  • दीगो जलस्रोत व्यवस्थापन योजना कार्यान्वयन
  • आधुनिक वितरण प्रणालीको विस्तार
  • उपभोक्ता सहभागिता र उत्तरदायित्व अभिवृद्धि
  • स्थानीय तहसँग निरन्तर समन्वय

यी सबै पहलमार्फत ज्वालामूखी गाउँपालिकाका नागरिकहरूलाई सुरक्षित, स्वच्छ तथा भरपर्दो खानेपानी सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ।