समाचार:

जलस्रोत व्यवस्थापन

जलस्रोत व्यवस्थापन - 1जलस्रोत व्यवस्थापन - 2जलस्रोत व्यवस्थापन - 3

जलस्रोत व्यवस्थापनसम्बन्धी सामग्री (ज्वालामूखी गाउँपालिका)

ज्वालामूखी गाउँपालिका धादिङ जिल्लाको पहाडी भू–भागमा अवस्थित एक जलस्रोत–समृद्ध क्षेत्र हो। यहाँ नदी, खोला, खोल्सा , मुहान तथा भू–गर्भीय पानीका स्रोतहरू प्रशस्त मात्रामा पाइन्छन्। तर ती स्रोतहरूको व्यवस्थित उपयोग, संरक्षण र दिगो व्यवस्थापन अहिलेको प्रमुख आवश्यकता रहेको छ।

ग्रामीण बस्तीकै जीवनस्तर, कृषि उत्पादन, पशुपालन तथा सरसफाइ र स्वच्छता लाई सशक्त बनाउन पानीको पहुँच र व्यवस्थापन एउटा महत्वपूर्ण आधार हो। हाल बोर्ड मार्फत साना खानेपानी आयोजनाहरुको मर्मत सम्भार योजनाको मुहान संरक्षण, खानेपानी सुधार तथा वितरण प्रणाली विस्तार बुढी गण्डकी आयोजना जस्ता ठुला आयोजनाहरू संचालन भइरहे पनि समग्र जलस्रोत व्यवस्थापन अझ सुदृढ बनाउन खानेपानी स्रोतहरू थप गरी प्रसश्त पानीको उपलव्धता बढाउन आवश्यक छ।

हालसम्म गरिएका प्रमुख पहलहरू

  • प्राकृतिक मुहानहरूको संरक्षण तथा सुदृढीकरण
  • छरिएका जलस्रोतहरूको नक्साङ्कन (Water Source Mapping)
  • खोला ,खोल्सा तथा नदी किनार संरक्षण कार्य
  • खानेपानी योजनाहरूको नियमित मर्मत सम्भार र सेवा विस्तार
  • प्रविधियुक्त सेवा सीप ,दक्षता र क्षमता अभिवृद्धि
  • सुरक्षित खानेपानीको सेवाको वृद्धि

यी पहलहरूले समुदायमा पानीको पहुँच सुधार्न मद्दत गरे पनि ती दीगो, प्रणालीगत तथा दीर्घकालीन व्यवस्थापनका दृष्टिले पर्याप्त छैनन्। भू–क्षय, अनियमित वर्षा, जनघनत्व वृद्धि, तथा प्राकृतिक स्रोतहरूको अवनति जस्ता चुनौतीहरू अझै कायम छन्।

मुख्य चुनौतीहरू

  • मुहानहरूको क्षय र सूख्खा हुने दर बढ्दै जानु
  • अनियोजित दोहन तथा स्रोतहरूको अव्यवस्थित उपयोग
  • भूस्खलन, कटान तथा पहाडी भूगोलका जोखिम
  • जलस्रोत संरक्षणमा समुदाय–सरकार समन्वयको कमी
  • दीगो योजना निर्माणका लागि प्राविधिक र आर्थिक सीमितता
  • पानीको स्रोत र मानव वस्ती वसाइको स्थिती प्रतिकुलता

अवसर तथा सुधारका सम्भावना

ज्वालामूखी गाउँपालिकामा रहेका थुप्रै साना तथा स्थायी जलस्रोतहरू, समृद्ध जैविक विविधता, र सामुदायिक सहभागिताको राम्रो आधारले दिगो जलस्रोत व्यवस्थापनका प्रशस्त सम्भावनाहरू खुला गरेका छन्।

सही समन्वय र योजनाबद्ध कार्यान्वयन भएमा निम्न सुधारहरू सम्भव छन्:

  • मुहान संरक्षण, Recharge Structures र Watershed Management कार्यक्रम
  • खानेपानी तथा उपयोगिताको संयोजनयुक्त एकीकृत योजना
  • समुदाय–केन्द्रित जलस्रोत व्यवस्थापन मोडेल
  • जलग्रहण क्षेत्र संरक्षण तथा वृक्षरोपण अभियान
  • आधुनिक प्रविधि (GIS Mapping, Smart Water Monitoring) को प्रयोग

योजना, प्राविधिक दक्षता, र स्थानीय समुदायको सक्रिय सहभागितासाथ जलस्रोतहरूको दिगो व्यवस्थापन सम्भव छ, जसले ज्वालामूखी गाउँपालिकाको कृषि, स्वास्थ्य, पर्यावरण तथा समग्र जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउनेछ।