


उपलब्ध जलस्रोतको अधिकतम उपयोग गर्दै कृषि योग्य जमिनलाई सिँचाइ सुविधामा रूपान्तरण गर्नु सिँचनीय क्षेत्रफल विस्तारको मुख्य उद्देश्य हो। यसले कृषि उत्पादन वृद्धि, आजीविका सुधार, तथा ग्रामीण आर्थिक सबलीकरणमा सिधा प्रभाव पार्दछ।
पहाडी भूगोल भएका ज्वालामूखी गाउँपालिकामा विभिन्न प्रविधि तथा संरचनामार्फत सिंचाइ विस्तार गर्ने ठूलो सम्भावना छ।
व्यवस्थित सिँचाइ विस्तारले कृषि क्षेत्रमा आधुनिकता, स्थिरता र दिगोपनाको आधार निर्माण गर्दछ।