समाचार:

सरसफाइ स्वच्छता र प्रवर्धन

सरसफाइ स्वच्छता र प्रवर्धन - 1सरसफाइ स्वच्छता र प्रवर्धन - 2सरसफाइ स्वच्छता र प्रवर्धन - 3

सरसफाइ, स्वच्छता तथा जनचेतना प्रवर्धन कार्यक्रम

सरसफाइ र स्वच्छता स्वस्थ जीवनको आधार हो। ज्वालामूखी गाउँपालिका, धादिङमा स्वच्छ वातावरण र रोगमुक्त समुदाय निर्माण गर्ने उद्देश्यले ज्वालामूखी ग्रामीण खानेपानी ,सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डले गाउँपालिकासँग सहकार्य गर्दै मिसन २०८२,सफा स्वच्छ क्षेत्र ज्वालामुखी भन्ने नाराका साथ सरसफाइ, स्वच्छता तथा व्यवहार परिवर्तनसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

चपीर्के समुचित प्रयेग,सुरक्षित खानेपानी,सफा तथा स्वच्छ भान्छा घर, व्यक्तिगत स्वच्छता, तथा वातावरणीय सरसफाइको अभावका कारण पानीजन्य रोगहरू फैलिने जोखिम रहन्छ। यसलाई न्यूनीकरण गर्न माथिका ५ वटा व्यवहारहरू मापन गर्न १५ वटा सुचक र ४५ वटा उपसुचकहरू तय गरी कार्यान्वयन गर्दै समुदाय–आधारित सरसफाइ तथा स्वच्छता प्रवर्धन कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिएको छ।

प्रमुख कार्यक्रम तथा गतिविधिहरू

  • खुला दिसामुक्त (ODF) अवस्था दिगो बनाउने अभियान
  • पूर्ण सरसफाइ मार्ग दर्शन २०७३ अनुसार चरणवद्द कार्यक्रम संचालन
  • व्यक्तिगत तथा सामुदायिक सरसफाइ प्रवर्धन
  • समुदाय स्तर सरसफाइ तथा स्वच्छता व्यवहारसम्बन्धी जनचेतना
  • फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण कार्यक्रम
  • विद्यालय–स्तरमा WASH (Water, Sanitation and Hygiene) कार्यक्रम

ग्रामीण तथा पहाडी क्षेत्रमा चेतनाको कमी, स्रोत साधनको अभाव, तथा परम्परागत अभ्यासका कारण सरसफाइमा चुनौतीहरू देखा पर्ने गरेका छन्। तथापि स्थानीय तह, बोर्ड, वास समिति,टेल विकास संस्था, तथा समुदायको सक्रिय सहभागिताले सकारात्मक परिवर्तन देखिन थालेको छ। हाल सम्म ५ वटा वडाका ८३।३३ प्रतिशत घरधुरी सफा तथा स्वच्छ क्षेत्र घोषणा गरिएको छ । भने २०८२ चैत्र मसान्त सम्ममा सिगो गाउपालिका घोषणा गर्ने लक्ष्य अनुरुप कार्य भैरहेको छ ।

प्रमुख चुनौतीहरू

  • स्वच्छता व्यवहारमा निरन्तरता कायम राख्न कठिनाइ
  • फोहोर व्यवस्थापनका लागि पूर्वाधारको कमी
  • जनचेतना कार्यक्रमको सीमित पहुँच
  • दुर्गम बस्तीहरूमा सेवा विस्तारको चुनौती

सुधारका अवसर र भावी दिशा

दीगो सरसफाइ अभ्यास, समुदायको स्वामित्व, तथा स्थानीय तहसँगको समन्वयलाई थप सुदृढ गर्दै स्वच्छ, सुरक्षित र स्वस्थ ज्वालामूखी गाउँपालिका निर्माण गर्ने लक्ष्य लिइएको छ।

  • व्यवहार परिवर्तनमा आधारित कार्यक्रम विस्तार
  • विद्यालय तथा महिला समूह लक्षित अभियान
  • दीगो फोहोर व्यवस्थापन प्रणाली विकास
  • स्थानीय तहसँग निरन्तर सहकार्य

यी प्रयासहरूले ज्वालामूखी गाउँपालिकामा सरसफाइ र स्वच्छताको संस्कार विकास गर्दै समग्र जनस्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।