


कुनै पनि योजना तथा कार्यक्रमको सफल कार्यान्वयन सुनिश्चित गर्न अनुगमन, मूल्याङ्कन तथा रिपोर्टिङ (Monitoring, Evaluation and Reporting) प्रणाली अत्यन्त महत्वपूर्ण हुन्छ। ज्वालामूखी गाउँपालिका, धादिङमा सञ्चालन हुने खानेपानी, सरसफाइ तथा विकास सम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि ज्वालामूखी ग्रामीण खानेपानी,सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्ड मार्फत नियमित अनुगमन र मूल्याङ्कन गर्दै पारदर्शी रिपोर्टिङ प्रणाली अवलम्बन गरिएको छ।
यस प्रक्रियामार्फत योजनाहरू समयमै सम्पन्न भएरनभएको, गुणस्तर मापदण्ड अनुसार कार्य भएकोरनभएको, तथा लक्षित समुदायसम्म सेवाको पहुँच पुगेकोरनपुगेको विषयमा तथ्यमा आधारित मूल्याङ्कन गरिन्छ।
अनुगमन तथा मूल्याङ्कनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक सुधार, नीति परिमार्जन तथा स्रोत व्यवस्थापनका निर्णयहरू लिइन्छ। यसले कार्यक्रमहरूलाई अझ प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउँछ।
व्यवस्थित अनुगमन, मूल्याङ्कन तथा रिपोर्टिङ प्रणालीमार्फत ज्वालामूखी गाउँपालिकामा सञ्चालन हुने सबै कार्यक्रमहरूको पारदर्शिता, प्रभावकारिता र दीगोपनामा उल्लेखनीय सुधार ल्याउने लक्ष्य लिइएको छ।